Alag Dhar

काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइमा

मकवानपुर । चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमश्रङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ ।

१५ वर्षअघि सम्म वनमाराले ढाकिएको निस्दी गाउँपालिका–३ झिरुवास स्थित काउलेडाँडा आन्तरिक पर्यटकको आकर्षण बनेको हो । काउलेडाँडा क्षेत्रको खाली जग्गा कबुलियति वनमा दर्ता गरी स्थानीयको सक्रियतामा अम्रिसो लगाए संगै काउले डाँडा कवुलयति वनले मुहार फेरेको हो । साथै पूर्वी इलामको चिया बगानको झल्को मेटाउने वनको रुपमा स्थापित भएको छ । काउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मेहेनतको अवलोकन संगै हरियाली डाँडा बाट देखिने उत्तरका हिमाल र तराईका भु–भाग सहितको दृश्य अवलोकन रमाउन विभिन्न स्थान बाट आउने गर्दछन् ।

सुरुवातमा विभिन्न वन समूह तथा सरोकारवालाहरु अध्ययन अवलोकनका लागि आउने गरे केही वर्ष यता भने काउले वनमा बाह्रै महिना अन्तरिक पर्यटक पुग्ने गर्दछन् । दशैं सुरु भए देखि हाल सम्म निरन्तर घुम्न तथा पिकनिकका लागि आउनेहरुको भिड रहेको काउलेडाँडा कवुलियति वनका टिकट सहयोगी रोमन थापाले बताउनुभयो । अहिले दैनिक तीन सय देखि एक हजार जना सम्म अवलोकनका लागि पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । पाल्पा, नवलपुर, नवलपरासी, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु र कास्की लगाएतका विभिन्न जिल्ला बाट समूह समूहमा भ्रमण तथा वनभोजको लागि आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दशैंदेखि माघसम्म हरेक वर्ष काउलेमा भिड लाग्ने गर्दछ । दशैं पछि आन्तरिक पर्यटक बाक्लो संख्यामा आएका छन् । मौसम खुलेको दिन माथिल्लो भागमा टेक्ने ठाउँ पाउन मुस्किल पर्छ ।’ काउले पुगेर पर्यटकहरु हरियाली अम्रिसोको वन संगै वरपरका दृश्य संगै रमाउने गर्दछन् । रामपुर बाट काउले वन पुग्नु भएका जनक कोइरालाले अम्रिसोले भरिएको वन संगै हिमाल देखि तराई सम्मको दृश्य अवलकन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सडक पूर्वाधार निर्माण भए संगै सहजै गाडी पुग्ने भएकाले पनि पछिल्ला वर्षहरुमा घुम्न जानेको संख्या ह्वात्तै बढेको हो । घुम्न आउनेको संख्या बढ्दै जाँदा २०६७ साल देखि स्थानीयले गरेको मेहेनतले थप सार्थकता प्राप्त गर्दै गएको अनुभुति हुने काउलेडाँडा कवुलियति वनका अध्यक्ष दमन थापा पाटाले बताउनुभयो । सुरुका केही बर्ष अम्रिसो जोगाउन बढि मेहनत लागे पनि क्रमश प्रतिफल प्राप्त भैरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुवाता हामीले देखेको सपना वास्तविकतामा परिणत हुँदै गएको छ । स्थानीयको जीवन स्तर सुधारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण टेवा मिलेको छ ।’ स्थानीयले वन बाट उत्पादन हुने अम्रिसो बाट मात्र आम्दानी गर्दै आएकोमा थप आम्दानीको बाटो खुलेको उहाँ बताउनुहुन्छ । ‘अब याहाँका स्थानीयको आम्दानीको आधार अम्रिस्रो मात्र रहेन । यहाँका कृषकले उत्पादन गरेको मह सहितका कृषि उपज, बाँस तथा निगालो बाट तयार भएका सामानले पनि बजार प्राप्त गरेको छ,’ थापाले भन्नुभयो । उहाँका अनुसार घुम्न आउने पाहुनालाई लक्ष्यित गरी होमस्टे तथा होटलहरु पनि सञ्चालनमा आएका छन् ।

२ सय ४६ हेक्टर बढी क्षेत्रफलमा फैलिएको कबुलियति वनमा निस्दी–३ का २ सय २७ बढी घरधुरी उपभोक्ता आवद्ध रहेका छन् । एफएओको आर्थिक सहयोग, साविक जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानियको सक्रियतामा काउले डाँडामा २०६७ साल जेठ २ गते बाट अम्रिसोको विरुवा रोपण सुरु गरिएको थियो । अहिले वन बाट उत्पादन भएका तथा स्थानीयले उत्पादन गरेको करोडौंको अम्रिसो यस क्षेत्र बाट निर्यात हुने गर्दछ ।

घुम्न आउने पर्यटकहरु बाट निस्दी गाउँपालिकाले राजस्व संकलन समेत गर्दै आएको छ । गाउँपालिकाले राजस्व संकलन संगै काउलेडाँडा क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै आएको निस्दी–३ का वडा अध्यक्ष नविन्द्र थापा सोतीले बताउनुभयो । पालिकाले आफ्नै लगानी संगै प्रदेश तथा सङ्घीय सरकार संगको समन्वमा वन सम्म पुग्ने सडक निर्माण, खानेपानी तथा शौचालय, प्रतिक्षालय, पिकिनिक स्थल, बालउद्यान र संग्राहालय समेत निर्माण गरेको बताउनुभयो । गत वर्ष प्रदेश सरकारको सहयोगमा बालउद्यान निर्माण र निस्दी गाउँपालिका मार्फत काउले डाँडा सम्म जाने बाटो ढलान भएको थियो ।

वडा अध्यक्ष थापाले यस वर्ष थप योजना सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माथिल्लो भागमा खानेपानी व्यवस्थापन गर्न र पर्यटकको लागि काउलेडाँडामा पैदलमार्ग निर्माणको लागि बजेट विनियोजन भएको छ ।’

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.