
१ कातिक/ हेटाैडा ।हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३४ आै वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ ।
हृटाैडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हितकाेषकाे प्रतिवेदन, लेखा संयाेजक जयराम घिमिरेले लेखा समितिकाे प्रतिवेदन र पशुधन संरक्षण तथा पशु स्वास्थ्य उपसमितिका संयाेजक सूर्य प्रसाद दुलालले पशु धनकाे प्रतिवेदन पेश गरेका थिए ।
सभाकाे अवसरमा संस्थाले आव ०८१/०८२ मा सबै भन्दा धेरै दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गाैतम, रजत श्रेष्ठ , नवराज ढकाल र रामनाथ बास्ताेला, गाेठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चाैलागाई, गुणस्तरीय दूध विक्री गर्ने श्यामप्रसाद न्याैपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएकाे थियोे ।
यसैगरी उत्कृष्ट बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली काराेवारी नरबहादुर सापकाेटा र लक्ष्मी कार्कीलाई समेत पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा वडा सदस्य विजय पाैडेल, सरिता सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार बासुदेव अधिकारी , साधुराम चाैलागाई, बालकृष्ण चाैलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना लगायतकाे आतिथ्यता रहेकाे थियाे ।