Alag Dhar

हेटौंडा सडक विस्तार: उपमहानगरले प्रभावित घरधुरी र व्यवसायीलाई सहजीकरण गर्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा प्रभावित भएका परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार हेटौंडा क्षेत्रको पुर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा पर्ने ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काएको छ । उपमहानगरपालिकाको आइतबार (आज) बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।

यस्तै, सडक सीमाको केन्द्ररेखादेखि २५-२५ गज (७५-७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घर, पसल र व्यवसायीहरूलाई सहुलियतपूर्ण व्याजदरमा निश्चित समयका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकसंग समन्वय गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदैछ । सडकको केन्द्रबिन्दुबाट २५-२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

हाल सडक विस्तारको काम अगाडि बढ्दैछ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.