Alag Dhar

Advertisement

बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाकाअनुसार आज पहाडी र हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । चट्याङ, मध्यम वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली एकरदुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि पनि देशभरको मौसमी गतिविधि आजजस्तै रहने अनुमान छ । भोलि पहाडी र हिमाली क्षेत्रमा बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एकरदुई ठाउँमा पनि थोरै पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

यस्तै पर्सि बुधवार भने मौसम आज र भोलिको तुलनामा थप सक्रिय हुने महाशाखाले अनुमान गरेको छ । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्सि दिनभरजसो पूर्ण बदली रहनेछ र धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

पर्सि तराईका केही ठाउँहरूमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ । यो समयमा यात्रा गर्दा, कृषिजन्य गतिविधि गर्दा र दैनिक क्रियाकलाप गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

मकवानपुर । रास्वपा सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल...

बागमती प्रदेशको ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान हेटौंडाबाट सुरु

  हेटौंडा / बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ । बागमती प्रदेश स...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका परिसरस्थित सभाहलमा दिउँसो ४ बजे बैठक बस्ने...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.