Alag Dhar

Advertisement

संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले नयाँ बनेको संघीय सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। चैत २५ गते बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले सरकार प्रतिशोधको राजनीति गर्ने र संविधानलाई बेवास्ता गर्ने शैलीमा अघि बढेको आरोप लगाइन्।
उनले संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमाथि ठाडो हस्तक्षेप गरिरहेको भन्दै आक्रोश व्यक्त गरिन्। विशेषगरी कार्की आयोगको प्रतिवेदनप्रति प्रश्न उठाउँदै उनले त्यसलाई “न्याय नभई अन्यायको अर्को रूप” भएको टिप्पणी गरिन्।

दोषीलाई जोगाउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको उनको आरोप थियो।
उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विना शर्त रिहाइको माग गरिन्।
सांसद पाठकले महँगीको चर्को असरबारे पनि सदनमा आवाज उठाइन्। पेट्रोलियम पदार्थ, तरकारी तथा खाद्यान्नको मूल्यवृद्धिले आम नागरिकको दैनिक जीवन प्रभावित भएको उल्लेख गर्दै उनले प्रदेश सरकार किन गम्भीर नभएको भनी प्रश्न गरिन्।
यसका साथै प्रदेश सरकारकै सचिवालयमा कार्यरत कर्मचारीहरूले ६ महिनादेखि पारिश्रमिक नपाएको विषय पनि उनले सार्वजनिक गरिन्। “आफैंले बनाएको कानुन कार्यान्वयन गर्न नसक्ने बाधक को हो ?” भन्ने प्रश्नमार्फत उनले प्रदेश सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइन्।
प्रविधिको दुरुपयोगबाट बढ्दै गएको साइबर बुलिङका घटनाले समाज त्रसित बनेको उल्लेख गर्दै उनले पीडितलाई न्याय दिलाउन दुवै तहका सरकारको ध्यानाकर्षण गराइन्।

मुख्य समाचार

बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीत...

‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको लोकतान्त्रिक चौर(हुप्रचौर)लाई सुविधा सम्पन्न र आकर्षक खुला क्षेत्रका रूपमा विकास गरि...

संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले नयाँ बनेको संघीय सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। चैत...

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

मकवानपुर । रास्वपा सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.