Alag Dhar

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ ।दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। यस पटकको प्रतियोगितामा पहिलो र दोश्रो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

लिगको पहिलो संस्करण काठमाण्डौमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो । एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायीकरणमा थप योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

एभरेष्ट महिला भलिबल लिगका प्राविधिक निर्देशक जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताउनुभयो । राष्ट्रिय खलेकुद परिषद्को कभर्डहलमा स्तरोन्नतीपछि काभा महिला भलिबल प्रतियोगितादेखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाण्डौमै लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.