Alag Dhar

अलगधार

अलगधार

1598 Posts
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाइएको छ । प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज दिउँसो १२ बजेपछि बस्ने गरी बैठक बोलाउनुभएको हो । कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । विपक्षी दल कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । आजको बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको तयारी र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको अबको रणनीतिलगायतका विषयमा केन्द्रित रहनेछ । शक्तिशाली बहुमत प्राप्त सरकारले अध्यादेश…
Read More
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११०…
Read More
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७स्४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित…
Read More
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए । यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए । ‘कहाँसम्म संरचना हटाउने रु’ भन्ने जिज्ञासा लामो समयदेखि उठ्दै आएको थियो…
Read More
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो । सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् । कानुन अनुसार, सह(सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था…
Read More
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज  तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

काठमाण्डौं । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा…
Read More
आज र भोलि ठूलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आज र भोलि ठूलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

काठमाण्डौं । आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा झण्डै १८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कर्णाली, बागमती र कोशी प्रदेशका पनि एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का…
Read More
सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो । ठेक्का सम्झौता गरेर विभिन्न बहानामा काम सुरु नगरेपछि कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई ताकेता गरिएको कार्यालय प्रमुख विमन दाहालले बताए । “हाम्रो कार्यालयबाट चालु आवमा कुल १२३ योजनाको ठेक्का सम्झौता भएको छ । पटकपटक खबरदारी गर्दा पनि निर्माण सुरु नगरेपछि १९ कम्पनीका नाममा अन्तिम सूचना प्रकाशन गरिएको छ”, उनले भने, “तोकिएको समयमा…
Read More
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। लगातार विवादमा परेपछि उनले पद सम्हालेको २६ दिनमै प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहसमक्ष राजीनामा बुझाएका छन्। गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद हुन्। मन्त्री बनेलगत्तै उनले उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान अघि बढाएका थिए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत ‘कानुनभन्दा माथि कोही छैन’ भन्दै कडा अभिव्यक्ति दिएका थिए। त्यसपछि पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालसहितका व्यक्तिहरू पक्राउ परे। पक्राउ शृङ्खलालाई उनले ‘काउन्टडाउन’ शैलीमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.