२०८३ बैशाख ९, बुधबार ११:५३
२०८३ बैशाख ९, बुधबार ११:५३
काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय नागरिकले चुनावमार्फत दिएका बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा संयोजक प्रचण्डले नागरिकले सुध्रिने अवसर दिएका बताउनुभयो । उहाँले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गर्नुभयो । प्रचण्डले नागरिकले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाइधुवाइ गरेर फर्कन सवक सिकाएका उल्लेख गर्नुभयो । उहाँकाअनुसार अहिले देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्छ । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुने उहाँको भनाइ छ । प्रचण्डले भन्नुभयो,…