Alag Dhar

अलगधार

अलगधार

1598 Posts
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कडा निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरूलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो। मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो। “सरकारको काम कागजमा मात्रै…
Read More
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै आएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो । सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताएका छन्…
Read More
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको…
Read More
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९…
Read More
हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला र बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा चार लेनको पुल निर्माण सुरु भएको छ । किरण नालामा करिब रु चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम…
Read More
‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ जलेश्वर नजिकै आज अपराह्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन् । भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोदशङ्कर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी–२ तनहुँका २२ वर्षीय सन्तोष…
Read More
बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको हो। बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका गतिविधि तथा उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई पनि औपचारिक रूपमा अनुमोदन गरिएको छ। कार्यक्रमको दिगोपना सुनिश्चित गर्न…
Read More
‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको लोकतान्त्रिक चौर(हुप्रचौर)लाई सुविधा सम्पन्न र आकर्षक खुला क्षेत्रका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँको बजेट व्यवस्थापन गर्दै चौरलाई बागमती प्रदेशकै नमुना खुला चौरका रूपमा विकास गर्ने लक्ष्य राखिएको हेटौँडाकी नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान स्वीकृत भएसँगै निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिनेछ। परियोजना तथा अन्य स्रोतबाट समेत बजेट व्यवस्थापन गरिने नगर प्रमुख लामाले बताउनुभयो। वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलका अनुसार चौरमा फुटबल, भलिबल र क्रिकेट मैदानलाई थप व्यवस्थित…
Read More
संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले नयाँ बनेको संघीय सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। चैत २५ गते बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले सरकार प्रतिशोधको राजनीति गर्ने र संविधानलाई बेवास्ता गर्ने शैलीमा अघि बढेको आरोप लगाइन्। उनले संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमाथि ठाडो हस्तक्षेप गरिरहेको भन्दै आक्रोश व्यक्त गरिन्। विशेषगरी कार्की आयोगको प्रतिवेदनप्रति प्रश्न उठाउँदै उनले त्यसलाई “न्याय नभई अन्यायको अर्को रूप” भएको टिप्पणी गरिन्। दोषीलाई जोगाउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको उनको आरोप थियो। उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै…
Read More
हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

हेटौंडा । रास्वपा सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनेर घोषणा गरेको स्मरण गरे । ‘त्यो कार्य पूरा गर्नको लागि हेटौंडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिराखेको छ,’ सांसद उप्रेतीले अगाडि भने, ‘कृपया त्यो सञ्चालनका लागि सरकारले आफ्ना कदमहरू अगाडि बढाओस् ।’ बन्द रहेका उद्योगहरूको सञ्चालन गर्ने कार्यको थालनी हेटौंडा कपडा उद्योगबाट सुरु गर्न पनि उनले माग गरेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.