Alag Dhar

गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

मकवानपुर । जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम भदौ २८ गतेदेखि गौर नगरपालिकाभित्र पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माविसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो ।

शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि आज (सोमबार) बिहान ५ बजेदेखि लागू हुने उक्त निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो ।

जिल्ला कारागार गौरको सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले उक्त चार किलाभित्र निषेधाज्ञा जारी गरेको थियो ।

जेनजी आन्दोलनपछि जारी कर्फ्यु यस अघि नै हटाइएको थियो तथा रौतहटका अन्य भागको निषेधाज्ञा हटाउँदै गौरमा मात्र लागू गरिएको थियो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.