Alag Dhar

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

मकवानपुर । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् ।

गुलरिया नगरपालिका वडा नं २ सँगमबस्ती स्थित बबई नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ बर्षिया निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका हुन् ।

घरबाट उनीहरू पौडी खेल्नका लागि नदिमा गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । हाल उनीहरूको खोजी भइरहेको छ ।

खोजी कार्यमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताउनुभयो ।

उहाँले दिउँसो दुई बजे ति बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको बताउनुभयो ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.