Alag Dhar

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

 

हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन्न सीप प्रदान गर्ने भएकाे छ । वडाका विभिन्न विध्यालयका ७५ जना विध्यार्थीलाई व्यवसायिक तालिम प्रदान गरि सीप सिकाउँन लागेकाे हाे । वडाका विध्यालयका कक्षा ९ का विध्यार्थीहरूकाे लागि सञ्चालन गर्न लागिएकाे कपाल काट्ने, व्यूटी पार्लर र ईलेक्टिक तालिमकाे  संयुक्त रूपमा विहीबार उद्घाटन गरिएकाे छ ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हेटाैँडा-४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले विध्यालयदेखि नै विध्यार्थीलाई सीप दिनुपर्ने बताउँदै विध्यालयबाट नै विध्यार्थीलाई व्यवसायिक सीपमूलक तालिम आवश्यक रहेकाे बताउँनु भयाे । उहाँले सामुदायिक र संस्थागत विध्यालयका विध्यार्थीलाई सहभागी गराएर सीपमूलक तालिम संचालन गर्न लागिएकाे, शनिबार र आईतबारकाे दूईदिनकाे छुट्टीलाई जेठ र असार दूई महिना तालिम सञ्चालन गर्ने बताउँनु भयाे । कार्यक्रममा भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमीरेले ४ नं. वडा कार्यालयले  सीपमूलक तालिम सञ्चालन गरेर महत्वपूर्ण कार्य गरेकाे बताउँदै तालिमलाई उपयाेगी बनाउन र सदुपयाेग गर्न विध्यार्थीलाई आग्रह गर्नुभयाे ।


कार्यक्रमका सभाध्यक्ष शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष तथा श्रमिक माविका प्रअ श्रीराम दाहालले वडा कार्यालयकाे आयाेजनामा यस्ताे कार्यक्रम देशमा नै पहिलाे र नयाँ हुनसक्ने बताउँदै तालिम सहभागितामा विध्यार्थीहरूकाे उत्साहजनक चासाे रहेकाे बताउँनु भयाे । कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी माविका सहप्रअहरू भरत पाेखरेल, वेदराज काेईराला र प्रशिक्षकहरूकाे आथित्यता रहेकाे थियाे ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.