Alag Dhar

khabar khabar

390 Posts
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ मा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आ ज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् । आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो । हिजो नेप्से सूचक ८.८१ अङ्क बढेको थियो । त्यस्तै ३ अर्ब ७२…
Read More
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धनवाहक जहाजबाट चुहावट भएको देखाएको बताउनुभएको छ । अमेरिकाबाट सञ्चालित जहाज निगरानी वेबसाइट ट्याङ्करट्र्याकर्सका अनुसार, अगस्ट ३ मा ओमानी समुद्रमा रहेको ठूलो जहाज ‘मिनोअन पायनियर’माथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ । त्यसपछि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ बगेको बताइएको छ । प्रवक्ता बघाईले हालका दशकमा यस्ता तेल चुहावटले इरानका तटीय क्षेत्रमा…
Read More
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ । श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो । हिजो जिल्ला अदालत काठमाण्डौले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न म्याद दिएको छ ।…
Read More
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढीको जोखिम छ । त्यसैगरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा बाढीको जोखिम छ । अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ। दार्चुला, बैतडी डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढीको जोखिम रहको महाशाखाको…
Read More
कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डौमा शुरु

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डौमा शुरु

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा काठमाण्डौको सुकेधारामा भेला शुरु भएको हो । भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डा. शशाङ्क कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ । भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ । भोलि र पर्सि बन्दसत्र हुनेछ । पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, सङ्गठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ । कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्वबीचको दूरीकाबीच आयोजना भएको…
Read More
साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
Read More
गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

काठमाण्डौ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पानी परेको छ । बिहान भने वर्षा भएको छैन । आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा…
Read More
पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जितेको छ । रेड बुल एरिनामा गएराति भएको फाइनलमा पिएसजीले २० औँ मिनेटमा अग्रता लियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याए । पिएसजीका डिजिरे डुएले ६२ औँ मिनेटमा निर्णायक गोल गरे । योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ । उसले गएको वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक सुपर कप जितेको थियो । यो हारसँगै भिल्लाका प्रशिक्षक उनाइ एमरीको सुपर कपको फाइनलमा उपाधि…
Read More
आज १० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज १० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाण्डौ । आज १० वटा जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेखलगायत जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । नदी तथा खोलानालामा आगामी तीन दिन पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । यद्यपि नारायणी नदीअन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ्ने तथा त्यसपछिको दिन…
Read More
आज सुनचाँदीको भाउ सामान्य घटबढ

आज सुनचाँदीको भाउ सामान्य घटबढ

काठमाण्डौ ।   आज सुनचाँदीको भाउमा सामान्य घटबढ भएको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.