Alag Dhar

अर्थ


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ मा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आ ज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् । आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो । हिजो नेप्से सूचक ८.८१ अङ्क बढेको थियो । त्यस्तै ३ अर्ब ७२…
Read More
आज सुनचाँदीको भाउ सामान्य घटबढ

आज सुनचाँदीको भाउ सामान्य घटबढ

काठमाण्डौ ।   आज सुनचाँदीको भाउमा सामान्य घटबढ भएको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।
Read More
सुनको भाउ आज तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ रहेको थियो
Read More
सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । गएको बुधबारयता सुनको भाउ निरन्तर बढेको छ । बुधबार चार हजार २०० रुपैयाँले, बिहीबार एकैदिन आठ हजार रुपैयाँले र शुक्रबार ९०० रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता…
Read More
आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी आज भाउ बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको  हो । अस्ति आइतवार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार  रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ६ सय ५ रुपैयाँले घटेको छ । हिजो ४० रुपैयाँले बढेको चाँदीको भाउ आज ६ सय ५ रुपैयाँले घटेर तोलाको ३ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ४ हजार…
Read More
शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.६२ अङ्कले घटेर २ हजार ६८१.९१ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी, उत्पादन, अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह ६१ अङ्कले घटेको छ । आज १४० वटा कम्पनीको शेयर घटेकोमा १२८ वटा कम्पनीको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन केबीएल डिवेन्चर २०८६ को शेयर झण्डै ९ प्रतिशतले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने…
Read More
सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०।१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ ।
Read More
सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेको थियो । तर आज सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो । भाउ बढेर आज सुन तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा दुई लाख ८५ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ चार हजार ३५० रुपैयाँ रहेको थियो ।
Read More
सुन र चाँदीको मूल्य ओरालो लाग्यो

सुन र चाँदीको मूल्य ओरालो लाग्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ९१ हजार ३०० र चाँदीको भाउ तोलाको ४ हजार ५०५ रुपैयाँ थियो । अस्ति बुधबार सुनको भाउ २ लाख ९१ हजार र चाँदी ४ हजार ४८० निर्धारण भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.