२०८३ भाद्र ८, सोमबार ०९:३०
२०८३ भाद्र ८, सोमबार ०९:३०
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा रिटमाथि आज सुनुवाइ हुँदै छ । दुवै रिट न्यायाधीश बविता उप्रेतीको एकल इजलासमा पेसी तोकिएको छ । मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिट भदौ ५ गते दर्ता भएका थिए । रिटमा राप्रपा वाग्मती संसदीय दलका नेता उद्धव थापाले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको दाबी गरिएको छ । राप्रपाको केन्द्रीय नेतृत्वले उक्त…