Alag Dhar

एआईको भरमा कांग्रेसको प्रचार, उम्मेदवारकै पोस्टरमा हरायो चारतारे झण्डा


हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरसहित देशभर अधिवेशनको माहोल तातेको छ। नेतृत्व चयनका लागि विभिन्न तहमा उम्मेदवारी घोषणा गर्ने क्रमसँगै उम्मेदवारहरूले आफ्नो प्रचारलाई डिजिटल माध्यममा समेत व्यापक बनाइरहेका छन्।
सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा, समर्थन अपिल तथा प्रचार सामग्री सार्वजनिक भइरहेका बेला कांग्रेसका केही उम्मेदवारका डिजिटल पोस्टरमा भने पार्टीकै आधिकारिक झण्डाको स्वरूप गलत प्रयोग भएको पाइएको छ।
विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार गरिएका प्रचार सामग्रीमा नेपाली कांग्रेसको झण्डामा हुनुपर्ने चार ताराको सट्टा कतै तीन तारा त कतै पाँचदेखि आठवटासम्म तारा राखिएका दृश्यहरू देखिन थालेका छन्। कतिपय पोस्टरमा झण्डाको समग्र स्वरूपसमेत कांग्रेसको वास्तविक झण्डासँग मेल नखाने देखिन्छ।
नेपाली कांग्रेसको आधिकारिक पहिचानमध्ये चारतारे झण्डा महत्वपूर्ण प्रतीक हो। झण्डामा प्रयोग भएका रंग र चार ताराको आफ्नै ऐतिहासिक तथा राजनीतिक अर्थ र महत्व रहेको कांग्रेसका दस्तावेज तथा इतिहाससँग सम्बन्धित सामग्रीमा उल्लेख हुँदै आएको छ।
तर पार्टीको महाधिवेशनजस्तो महत्वपूर्ण राजनीतिक प्रक्रियामा उम्मेदवारहरूले सार्वजनिक गर्ने प्रचार सामग्रीमै पार्टीको झण्डाको स्वरूप गलत देखिन थालेपछि सामाजिक सञ्जालमा यसको आलोचना हुन थालेको छ।
एआईबाट प्रचार सामग्री तयार गर्दा प्रविधिले उपलब्ध गराएको दृश्यलाई जस्ताको तस्तै प्रयोग गर्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको हुनसक्ने देखिन्छ। एआईले कुनै दलको झण्डा वा राजनीतिक प्रतीक निर्माण गर्दा त्यसको वास्तविक स्वरूपभन्दा फरक दृश्य सिर्जना गर्न सक्ने भएकाले सामग्री सार्वजनिक गर्नुअघि त्यसको तथ्यगत परीक्षण स्वयम् प्रयोगकर्ताले गर्नुपर्ने आवश्यकता देखिन्छ।
कांग्रेसका केही कार्यकर्ताले भने उम्मेदवार स्वयं वा उनीहरूको प्रचार टोलीले पोस्टर सार्वजनिक गर्नुअघि पार्टीको झण्डा र अन्य आधिकारिक प्रतीक सही छन् कि छैनन् भनेर सामान्य जाँचसमेत गर्नुपर्ने बताएका छन्।
“आफूलाई नेपाली कांग्रेसको उम्मेदवार भनेर प्रस्तुत गर्ने व्यक्तिले कम्तीमा आफ्नो पार्टीको झण्डा कस्तो हुन्छ भन्ने जानकारी राख्नुपर्छ,” एक कांग्रेस कार्यकर्ताले भने, “प्रविधिको प्रयोग गर्नु गलत होइन, तर प्रविधिले तयार पारेको सामग्रीलाई जाँच नगरी सार्वजनिक गर्नुचाहिँ गम्भीर विषय हो।”
महाधिवेशनमा उम्मेदवारी दिने व्यक्ति पार्टीको नेतृत्व, नीति, विचार र संगठनात्मक जिम्मेवारीका लागि अघि सर्ने भएकाले उनीहरूको प्रचार सामग्रीमा देखिने सामान्य प्रतीकात्मक त्रुटिले समेत पार्टीप्रतिको बुझाइबारे प्रश्न उठाउने कार्यकर्ताहरूको भनाइ छ।
विशेषगरी चारतारे झण्डा कांग्रेसको लामो राजनीतिक इतिहास र पहिचानसँग जोडिएको अवस्थामा त्यसैलाई गलत स्वरूपमा प्रस्तुत गरिनु सामान्य डिजाइन त्रुटि मात्र नभई राजनीतिक प्रतीकप्रतिको संवेदनशीलताको विषय भएको उनीहरूको तर्क छ।
यद्यपि, एआई प्रयोग गरेर तयार गरिएका सबै प्रचार सामग्रीमा देखिएका त्रुटि उम्मेदवार स्वयंको जानकारीको कमीका कारण मात्र भएको निष्कर्ष निकाल्न नसकिने कार्यकर्ताहरू बताउँछन्।

तस्वीर : उम्मेदवारहरुको सामाजिक संजाल फेसबुकबाट लिईएको हो । 

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.