Alag Dhar

Day: २०८३ आश्विन १३, मंगलवार ०२:२१

एआईको भरमा कांग्रेसको प्रचार, उम्मेदवारकै पोस्टरमा हरायो चारतारे झण्डा

एआईको भरमा कांग्रेसको प्रचार, उम्मेदवारकै पोस्टरमा हरायो चारतारे झण्डा

हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरसहित देशभर अधिवेशनको माहोल तातेको छ। नेतृत्व चयनका लागि विभिन्न तहमा उम्मेदवारी घोषणा गर्ने क्रमसँगै उम्मेदवारहरूले आफ्नो प्रचारलाई डिजिटल माध्यममा समेत व्यापक बनाइरहेका छन्। सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा, समर्थन अपिल तथा प्रचार सामग्री सार्वजनिक भइरहेका बेला कांग्रेसका केही उम्मेदवारका डिजिटल पोस्टरमा भने पार्टीकै आधिकारिक झण्डाको स्वरूप गलत प्रयोग भएको पाइएको छ। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार गरिएका प्रचार सामग्रीमा नेपाली कांग्रेसको झण्डामा हुनुपर्ने चार ताराको सट्टा कतै तीन तारा त कतै पाँचदेखि आठवटासम्म तारा राखिएका दृश्यहरू देखिन थालेका छन्। कतिपय पोस्टरमा झण्डाको समग्र स्वरूपसमेत कांग्रेसको वास्तविक झण्डासँग मेल नखाने देखिन्छ। नेपाली कांग्रेसको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.