Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको  छ । आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । अस्ति शुक्रबार सुन २ हजार ४०० रुपैयाँले घट्दै नेपाल ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणबाट र प्रधानमन्त्रीको पेजबाट आइरहेको जानकारी गराएका छन् । “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणबाट जानकारी आइरहेको छ । प्रधानमन्त्री कार्यालयको पेजबाट पनि आइरहेको छ,” मन्त्री पोखरेलले भने, “आधिकारिक जानकारी मात्र लिनुहोला ।” उनले विपदमा परेका नागरिकको उद्धार र राहतका लागि सहयोग प्रधानमन्त्री राहत कोषमा मात्र गर्न आग्रह गरेका छन् । “सहयोगका लागि पनि हामीले छुट्टै कोषमा जम्मा गरेका छौँ,” उनले भने, “देश विदेशबाट त्यसमा सहयोग गर्न खोज्नु भएको छ भने प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनु हुन…
Read More
रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, चितवनमा १७८ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । अहिलेसम्म झण्डै दुई हजार जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ । अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७…
Read More
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो । सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनेको छ । आजका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । विपद्का कारण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीसमेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ…
Read More
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षा भइरहेको छ । गएराति देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नवलपरासी पूर्वमा सबैभन्दा धेरै ७३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । पाल्पा, तनहुँ, बाँकेलगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै…
Read More
रसुवा बाढी :  झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

रसुवा बाढी : झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

काठमाण्डौ ।   रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । अहिलेसम्म १ हजार ९७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ । अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक…
Read More
आज जनैपूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाण्डौ । जनै एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने चलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,…
Read More
उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

काठमाण्डौ । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको अस्तित्व प्रकृतिले एकैछिनमा मेटाइदियो । तर त्यो भौतिक विनाशका बेला मानवीय साहस, सुझबुझ र दायित्वले १६ सयभन्दा धेरै बालबालिकाको जीवन बचायो । बुधवारको बिहानीको समयमा कक्षा १२ सम्मका १ हजार ६४३ जना विद्यार्थी प्रार्थना र पठनपाठनको तयारीमा थिए । एकाएक माथिल्लो तटीय क्षेत्र ९रसुवा० बाट विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई फोन आयो । ‘बेद्रावतीमा सबै बगाइसक्यो, ठूलो बाढी आउँदैछ १’ भन्ने खबर आयो । त्यति नै बेला कक्षा १० का एक अभिभावक हतारिँदै…
Read More
पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवागढी भन्सार, यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको (स्निफ डग) सहितको खोजी तथा उद्धार टोली परिचालन भएको छ,” सशस्त्र प्रहरी वलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुधबार बिहान भोटेकोसीमा अचानक बाढी आउँदा रसुवा र नुवाकोटमा ठूलो क्षति गरेको छ । “नदी किनार र बाढी प्रभावित क्षेत्रहरूमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न तथा बाढीको क्षति मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गर्ने कार्य गरिरहेको छ,” सशस्त्र प्रहरीको विज्ञप्तिमा उल्लेख छ । बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण…
Read More
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको बताए । उनीहरूको पहिचान भने भएको छैन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.