Alag Dhar

Breaking News 2


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भेटिएका छन् । बुधबार राती ११ बजेको समयमा मनहरी खोलाले बगाएका अशोक शुक्रबार बिहान मनहरी पुल नजिकै मृत भेटिएका हुन् । अशोक प्रजासँगै मनहरी खोलाले बगाएका २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल निक्लन सफल भएका थिए । बुधबार राती कालिकाटारबाट घर फर्कँदै गरेका अशोक र प्रकाशलाई मनहरी खोला तर्ने क्रममा बगाएको थियो । मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको…
Read More
मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन्। उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ भने पौडिएर सुरक्षित रूपमा खोलाबाट बाहिरिन सफल भएका छन्। प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे कालिकाटारबाट देउतीतर्फ घर फर्किने क्रममा मनहरी खोला तर्ने प्रयास गर्दा दुवै जनालाई खोलाले बगाएको थियो। घटनाको जानकारी बुधबार बिहान मात्र प्रहरी चौकी भार्तामा पुगेपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा बेपत्ता प्रजाको खोजीलाई तीव्र बनाएको छ। प्रहरीले…
Read More
खोला तर्ने क्रममा एक जना बेपत्ता

खोला तर्ने क्रममा एक जना बेपत्ता

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–४ मा मनहरी खोला तर्ने क्रममा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। प्रहरीका अनुसार साउन २० गते राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीस्थित आफ्नै घर फर्किने क्रममा मनहरी खोला तर्दै थिए। सोही क्रममा दुवै जनालाई खोलाले बगाएको थियो। प्रकाश तामाङ भने सकुशल बाहिर निस्कन सफल भएका छन् भने अशोक प्रजा खोलाले बगाई बेपत्ता भएका छन्। घटनाबारे साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त भएपछि प्रहरी चौकी भार्ता,…
Read More
कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

सुनसरीको कप्तानगञ्न घटनामा थप एक जना घाइतेको मृत्यु भएको छ । २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ । यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सुन्सरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएको थियो । रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको छ ।‌
Read More
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ । विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गर्नु भएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गर्नुभयो । म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिनु भएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुध्नुभएका पुर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने…
Read More
हेटौंडामा  किशोरी मृत फेला

हेटौंडामा किशोरी मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक किशोरी बिहान मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन् । उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब ६ बजे डेरामा रहेका साथीहरूले उनलाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि उपचारका लागि बिहान सवा ६ बजे हेटौंडा अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए । घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान…
Read More
रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

मकवानपुर । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार बसेको व्यवस्थापन समितिको बैठकले कक्षा–४ मा अध्ययनरत रोशिका मुक्तान र कक्षा–१० मा अध्ययनरत सांसरिका मुक्तानकी अभिभावक (आमा) गोलेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि साउन २ गते सम्पन्न निर्वाचनबाट व्यवस्थापन समिति सदस्यमा गोलेससहित सरिता दाहाल, अशोक पण्डित र शिवप्रसाद अगस्ती निर्वाचित हुनुभएको थियो । व्यवस्थापन समितिको बैठकबाट शिक्षक अभिभावक संघ पनि गठन गरिएको विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद दाहालले जानकारी दिनुभयो । ध्रुब देवकोटाको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संयोजक देवकोटासहित ७ जना अभिभावक र ४ जना शिक्षक…
Read More
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना सबै मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै प्रदेशको सत्ता समीकरण फेरि एकपटक परिवर्तनको चरणमा पुगेको हो। एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। एमालेबाट सरकारको नेतृत्व गरिरहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार पार्टीको स्पष्ट निर्देशनपछि सबै मन्त्री हेटौंडा पुगिसकेका छन् र आजै राजीनामा बुझाइनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार प्रदेश…
Read More
जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री  माननीय  ईन्द्र बहादुर  बानियाँले  बागमती  प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भएको  छ  । हेटाैडा -६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा समूहकाे ब्लक नं ६ मा निर्माण  गरेकाे विपी गणेशमान स्मृति  शान्तिपार्क पिसपार्कमा  रहेकाे प्रवेश  द्वार र साेमा निर्माण  गरिएको  विपी, गणेशमान, पुष्पलाल र मनमाेहनकाे अर्धकदकाे शालिककाे उदघाट्न तथा अनावरण  कार्यक्रमलाई सम्वाेधन गदै मुख्यमन्त्री  बानियाँले  साे कुरा  बताउनु भएको  हाे । मुख्यमन्त्री  बानियाले जनताकाे आवश्यकता  र आैचित्यकाे आधारमा प्रदेश सरकारले  विकास गर्दै आएकाे बताए  । स्थानीय  क्षेत्रमा विकसका कामले  निरन्तरता  पाएकाे बताउदै मुख्यमन्त्री  बानियाँले  पिसपार्कलाई राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय  पर्यटककाे रुपमा  विकास गराउन…
Read More
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न भएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो । सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सडक विभागअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले सुरुङमार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभयाे । उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भइरहेको र आउँदो ११ वा १२ गतेसम्म उद्घाटन गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.