Alag Dhar

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले यस विषयमा निर्वाचन आयोग र बाग्मती प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

केन्द्रको निर्णय र निर्देशन विपरित बाग्मती प्रदेश सरकारमा राप्रपा सहभागी भएको थियो । बाग्मती संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन जनाएपश्चात् पार्टीले उनलाई कारबाही गरिसकेको छ । यस्तै, सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ दिएनन् ।

जवाफ नआएपछि अध्यक्ष लिङदेनले आज तीनैजनालाई सांसद र मन्त्रीबाट पदमुक्त गर्न पत्र पठाएका हुन् । उनीहरूलाई थप कारबाहीको निर्णय लिन अनुशासन आयोगको बैठक बसिरहेको छ । बैठकले उनीहरूको पार्टी सदस्यता पनि निलम्बन गर्न सक्ने सम्भावना रहेको छ ।

बाग्मती प्रदेशमा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत माग्दैछन् । उनको सरकार जोगाउन राप्रपा निर्णायक देखिन्छ । राप्रपाका दुई जनाले मात्रै समर्थन गरे पनि सरकार सुरक्षित रहनेछ । राप्रपाका दुई सचेतकले विश्वासको मतको पक्षमा र विपक्षमा मत हाल्न बेग्लाबेग्लै ह्वीप जारी गरेका छन् ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.