Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले घाइतेको निःशुल्क उपचार गर्ने र मृत्यु भएकाको परिवारलाई कानुनमा उल्लेख भएअनुसारको राहत प्रदान गर्ने निर्णय भएको छ ।
Read More
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई…
Read More
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले यस विषयमा निर्वाचन आयोग र बाग्मती प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । केन्द्रको निर्णय र निर्देशन विपरित बाग्मती प्रदेश सरकारमा राप्रपा सहभागी भएको थियो । बाग्मती संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन जनाएपश्चात् पार्टीले उनलाई कारबाही गरिसकेको छ । यस्तै, सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ दिएनन् । जवाफ नआएपछि अध्यक्ष लिङदेनले आज…
Read More
कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डौमा शुरु

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डौमा शुरु

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा काठमाण्डौको सुकेधारामा भेला शुरु भएको हो । भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डा. शशाङ्क कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ । भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ । भोलि र पर्सि बन्दसत्र हुनेछ । पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, सङ्गठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ । कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्वबीचको दूरीकाबीच आयोजना भएको…
Read More
साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
Read More
देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किन लागेका हुन् । उनीसँगै नेपालबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र छोरा जयवीर देउवा भने नेपाल नआउने देउवानिकट स्रोतले जनाएको छ । यसअघि देउवा साउन २६ गते नै नेपाल फर्किने तयारीमा थिए । तर, समय व्यवस्थापनका कारण उनको नेपाल फर्किने मिति दुई दिनपछि सारिएको स्रोतको भनाइ छ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेका हुन् ।…
Read More
रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ । आवेदनपछि ४ चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ । जसमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण पास हुनु अनिवार्य छ । त्यसपछि २५ प्रतिशत भाराङ्कको जनसम्बन्ध र लोकप्रियता मापन गरिने ‘पोलिटिकल प्रोक्सिमिटी’ र १० प्रतिशत भाराङ्कको ‘समावेशी सम्बोधन’ रहनेछ । सबैभन्दा धेरै ४० प्रतिशत भाराङ्क भने ‘पार्टीको आन्तरिक चुनाव’ लाई दिइएको छ । आन्तरिक मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक…
Read More
आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य रहेको बताउनुभएको छ । सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको पछिल्लाे छलफललाई उद्धृत गर्दै निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री वाग्लेले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । विगत १ दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताउनुभयो । वाग्लेले चालू आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र…
Read More
परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read More
भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै आइतबार राति पक्राउ गरेको हो । परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.