२०८३ श्रावण १७, आईतवार ०५:५०
२०८३ श्रावण १७, आईतवार ०५:५०
हेटौंडा। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मकवानपुरमा शनिबार बृहत् सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वय तथा जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यापारी, विभिन्न संघसंस्था, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। हेटौंडाको हुप्राचौरबाट अपराह्न सुरु भएको र्याली मेनरोड, स्कुलरोड, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै संगमचोक पुगेको थियो। विभिन्न समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश बोकेर निकालिएको र्याली संगमचोकमा आयोजित कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय…