Alag Dhar

Breaking News 1


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण प्रदेशबाटै हुने गरी तयारी गरिँदै

सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण प्रदेशबाटै हुने गरी तयारी गरिँदै

बागमती । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । ‘प्रविधि र पारदर्शितास् सेवा प्रवाहको नयाँ परिभाषा’लाई आत्मसात् गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उनले बताए । त्यसका लागि आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढड्डाहरूको विद्युतीय अभिलेख सृजना, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नतिसहित केन्द्रीय प्रणाली, राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उनको भनाइ…
Read More
कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । नेपाली कांग्रेस जिल्ला कार्यालय कांग्रेस चोकदेखि र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको भन्दै नेपालले मिचेका भारतीय भूमिहरुबारे राज्यस्तरबाटै संसद र जनतासमक्ष स्पष्ट पार्नुपर्ने वा प्रधानमन्त्रीले जनतासमक्ष माफी माग्दै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउनुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा सरकारले जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ ।…
Read More
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका हुन् । थपलियाले पछिल्लो विकसित राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझिएको र यस अवस्थामा गठबन्धनमा बसिरहन नपर्ने निष्कर्षसहित मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताए । नेता थपलियाले मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने बताए । हाल बागमती सरकारमा एमालेका ६ मन्त्री रहेका छन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
Read More
बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गर्नुभएको हो। कार्यविभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्हाल्नुभएको छ। कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य…
Read More
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै वडाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा केन्द्रित २३ वटा मुख्य योजना अघि बढाउने जनाएको हो। वडा अध्यक्ष नविन सिग्देल ले आर्थिक वर्ष २०८२/०८३ लाई विदाइ गर्दै सार्वजनिक गरेको विवरणअनुसार वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै नयाँ योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइने बताए। उनले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै वडावासीले प्रत्यक्ष अनुभूति गर्ने योजनालाई उच्च प्राथमिकतामा राखिएको सार्वजनिक गरे। वडा अध्यक्ष सिग्देल ले रजतजयन्ती सडक,…
Read More
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो । घटना असार २९ गते अपराह्न करिब ३ बजे भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन…
Read More
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले मङलबार प्रतिनिधिसभामा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को स्वास्थ्य परीक्षण शुल्कबारे दिएको अभिव्यक्ति तथ्यहीन, भ्रामक तथा संविधानविपरीत रहेको दाबी गर्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ। बुधबार जारी प्रेस विज्ञप्तिमा मन्त्री थापाले सांसद खत्रीको अभिव्यक्तिले प्रदेश सरकारलाई संविधानले प्रदान गरेको अधिकारमाथि हस्तक्षेप गरेको मात्र नभई नागरिकमा भ्रम सिर्जना गर्ने प्रयाससमेत गरेको उल्लेख गर्नुभएको छ। उहाँले उक्त अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन सभामुखसमक्ष अनुरोध गर्नुभएको पनि विज्ञप्तिमा जनाइएको छ। मन्त्री थापाले सवारीचालक अनुमतिपत्रका लागि आवश्यक स्वास्थ्य परीक्षण शुल्क वर्तमान सरकारले निर्धारण नगरेको स्पष्ट पार्दै प्रतिव्यक्ति १७५ रुपैयाँ शुल्क…
Read More
स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्स पराजित

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्स पराजित

काठमाण्डौं । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्स २ गोलले पराजित भयो । अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकरएक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल हुन सकेन…
Read More
वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

हेटौँडा । हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला सुनाएको छ । उनीहरूको अभिभावकबाट साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका-१४ का १८ वर्षीय सुजितकुमार लामालाई बलात्कार घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश भएको छ । यसैगरी उक्त घटनाका ६ जनालाई १० वर्ष कैद तोकिएको भए पनि नाबालक भएकाले २ तिहाई मात्र कैद फैसला गरेको छ…
Read More
हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्। मकवानपुर प्रहरीका अनुसार कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। स्कुटर मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौँडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएका थिए। दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.