Alag Dhar

khabar khabar

390 Posts
हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे स्थानीय ४७ वर्षीया सुष्मा राजथला घरमै मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सोमबार दिउँसो १२ः२३ बजे राजथलाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याएर राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा कुनै बाहिरी घाउचोट वा चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । राजथला यसअघि नै क्षयरोग (टीबी), मुटुसम्बन्धी रोग तथा पाइल्सको समस्याबाट पीडित रहेको बुझिएको…
Read More
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मध्यमको ५०० र सानो प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य तीन हजार रुपैयाँ कायम गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको सङ्क्रमण हटेको र सङ्क्रमबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भयाे । अहिले बजारमा अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि बढेको हो । मूल्य बढे पनि किसानले लागत मूल्य अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ । अण्डाको लागत…
Read More
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् । यस्तै  “नियमित…
Read More
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति बागमतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तड क्षेत्रमा ४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ । महाशाखाका अनुसार आज कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक / दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । साथै भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक / दुई ठाउँमा ठूलो वर्षाको सम्भावना…
Read More
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने मूल नारासहित ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले साउन २२ गतेदेखि प्रतियोगिता सञ्चालन गरिरहेको हो। संस्थाको टिकटक आईडीमार्फत प्रत्यक्ष प्रसारण हुने प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली प्रतिभाहरू सहभागी भइरहेका छन्। संस्थाका संस्थापक पारस बुढाका अनुसार गाउँ–बस्तीमा लुकेका प्रतिभाको पहिचान गर्नुका साथै नेपाली लोकगीत तथा संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। संस्थाले वर्षमा दुईपटक प्रतियोगिता सञ्चालन गर्दै आएको र यसअघि नौवटा सिजन सम्पन्न गरिसकेको जनाएको छ। हाल सिजन–१० सञ्चालन भइरहेको छ। संस्थाका…
Read More
सुनको भाउ आज तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ रहेको थियो
Read More
देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किन लागेका हुन् । उनीसँगै नेपालबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र छोरा जयवीर देउवा भने नेपाल नआउने देउवानिकट स्रोतले जनाएको छ । यसअघि देउवा साउन २६ गते नै नेपाल फर्किने तयारीमा थिए । तर, समय व्यवस्थापनका कारण उनको नेपाल फर्किने मिति दुई दिनपछि सारिएको स्रोतको भनाइ छ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेका हुन् ।…
Read More
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान्ड र क्यानडाबीचको खेलले ५ हजार खेलको कोशेढुङ्गा पार गरेको हो । सन् १९७१ को जनवरीमा शुरू भएको यो फर्म्याट ५५ वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ । पुरुष एकदिवसीय क्रिकेटको पहिलो खेल सन् १९७१ को जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच भएको थियो । यस्तै १०००औँ खेल १९९५ को मे महिनामा नटिङ्घमा घरेलु टोली इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजबीच भएको थियो । यसैगरी २०००औँ खेल २००३ को अप्रिल महिनामा यूएईको शारजाहमा पाकिस्तान र जिम्बावे, ३०००औँ खेल २०१० को जुन…
Read More
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनीले जनाएको छ । उत्तर कोरियाली राज्य–समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रका लक्ष्यहरूविरुद्ध साइबर आक्रमणलाई अझ सशक्त बनाउन एआई प्रयोग गरिरहेका प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । एआईको तीव्र विकासले खराब नियत भएका व्यक्तिहरू वा अनियन्त्रित बन्न सक्ने प्रणालीहरूबाट हुने सम्भावित क्षतिबारे चिन्ता बढाएका बेला साइबर सुरक्षा प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी ‘जेनियन्स’ का अनुसार उत्तर कोरियाको गुप्तचर निकायसँग सम्बन्धित ‘किम्सुकी’ नामक ह्याकिङ समूहले सन् २०२६ देखि ‘स्पियर–फिसिङ’ आक्रमणको एउटा ‘ढाँचा’ मा एआईद्वारा तयार…
Read More
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र कपडा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरु गरिएको हो । लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ । चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो । सरकारले गएको असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.