Alag Dhar

अन्तर्राष्ट्रिय


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धनवाहक जहाजबाट चुहावट भएको देखाएको बताउनुभएको छ । अमेरिकाबाट सञ्चालित जहाज निगरानी वेबसाइट ट्याङ्करट्र्याकर्सका अनुसार, अगस्ट ३ मा ओमानी समुद्रमा रहेको ठूलो जहाज ‘मिनोअन पायनियर’माथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ । त्यसपछि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ बगेको बताइएको छ । प्रवक्ता बघाईले हालका दशकमा यस्ता तेल चुहावटले इरानका तटीय क्षेत्रमा…
Read More
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनीले जनाएको छ । उत्तर कोरियाली राज्य–समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रका लक्ष्यहरूविरुद्ध साइबर आक्रमणलाई अझ सशक्त बनाउन एआई प्रयोग गरिरहेका प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । एआईको तीव्र विकासले खराब नियत भएका व्यक्तिहरू वा अनियन्त्रित बन्न सक्ने प्रणालीहरूबाट हुने सम्भावित क्षतिबारे चिन्ता बढाएका बेला साइबर सुरक्षा प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी ‘जेनियन्स’ का अनुसार उत्तर कोरियाको गुप्तचर निकायसँग सम्बन्धित ‘किम्सुकी’ नामक ह्याकिङ समूहले सन् २०२६ देखि ‘स्पियर–फिसिङ’ आक्रमणको एउटा ‘ढाँचा’ मा एआईद्वारा तयार…
Read More
रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ । आवश्यक परे यस्ता हतियार शत्रुको सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ । पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले नयाँ परमाणु रणनीतिमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ । उनका अनुसार हाल अमेरिकी राष्ट्रपतिसँग आणविक आक्रमणका लागि अथवा ठूलो स्तरको आणविक हमला गर्ने वा…
Read More
हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ । तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दाबी गर्नुभएको छ । ट्रम्पले सम्झौता हुन नसके इरानविरुद्ध सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ । यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ । इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन् । यसैबीच, इरानले हर्मुज जलमार्गमा…
Read More
चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो । चीनले विज्ञान–प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ, साथै सबै प्रकारका आधारहीन बहानामा चिनियाँ कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । धेरै अमेरिकी एआई कम्पनीहरूले अनुसन्धान, विकास र प्रशिक्षणको…
Read More
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ । क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिइनिकका अनुसार आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् । यो आक्रमण अमेरिकी रक्षा कम्पनी ‘रेथियन’का वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो । उक्त कम्पनीले युक्रेनलाई आवश्यक…
Read More
अमेरिकाको नयाँ भन्सार करको मार: भारत–चीनसहित करिब ६० देश प्रभावित

अमेरिकाको नयाँ भन्सार करको मार: भारत–चीनसहित करिब ६० देश प्रभावित

अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ । आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ । यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान, भारतलगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन् । यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै ९९ दशमलव ४ प्रतिशत हिस्सा ओगट्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेयता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढाइ रहनु…
Read More
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौँ प्रदर्शनकारीलाई संसद्तर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ । त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन् । दिल्ली प्रहरीले संयम बन्न र ‘कुनै गैरकानुनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन’ आग्रह गरेको भारतीय सञ्चारमाध्याले जनाएका छन् । विगतदेखि नै प्रदर्शनकारीले परीक्षामा प्रश्नपत्र बाहिरिने, प्राविधिक समस्या जस्ता अनियमितताका कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् । पछिल्लो प्रदर्शन गएको…
Read More
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो । नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् । भूकम्पमा घाइते हुनेको संख्या १६ हजार…
Read More
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागु गरेपछि वासिङ्टन र तेहरानबिचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिनुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.