Alag Dhar

khabar khabar

390 Posts
एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । तुलसीपुर–९ निवासी अनिल पुनका डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ । दुर्घटनाका क्रममा शिशु आमाको हातबाट झरेर एम्बुलेन्सको सिटमुनि पुगेको र त्यहाँबाट निकालिएको परिवारको भनाइ छ ।दुर्घटनापछि शिशुलाई अर्को एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ । दुर्घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार शिशुको…
Read More
नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरिएको हो । यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक्स तयारीका निम्ति यो बजेट पारित गरिएको हो । साधारणसभामा संघकी उपाध्यक्ष रमा भट्टराईले कार्ययोजना प्रस्तुत गरेकी थिइन् । महासचिव विजय श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्ययोजना र यी दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको संघले जनाएको छ । नयाँ लेखापरीक्षकको नियुक्ति र अर्को वर्ष नियमित साधारणसभा गर्ने निर्णय पनि गरिएको…
Read More
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदाधिकारी नियुक्त गर्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार नगरकोटी तथा उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ । त्यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ललितपुरका एरिणा ताम्राकार तथा उपकुलपतिमा ललितपुरकै चन्द्रश्याम डङ्गोल नियुक्त हुनुभएको छ । यस्तै नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा काठमाण्डौका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङका झुमा बनेम नियुक्त…
Read More
काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा  केही दिन गर्मी बढ्ने

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा केही दिन गर्मी बढ्ने

काठमाण्डौ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको छ । विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ । महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र…
Read More
सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । गएको बुधबारयता सुनको भाउ निरन्तर बढेको छ । बुधबार चार हजार २०० रुपैयाँले, बिहीबार एकैदिन आठ हजार रुपैयाँले र शुक्रबार ९०० रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता…
Read More
हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल,  पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र कपडा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरु गरिएको हो । लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ । चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो । सरकारले गएको असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो…
Read More
पत्रकार खेम भण्डारी कारागारबाट रिहा

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो । अदालतले विसं २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए । समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी…
Read More
रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ । आवश्यक परे यस्ता हतियार शत्रुको सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ । पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले नयाँ परमाणु रणनीतिमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ । उनका अनुसार हाल अमेरिकी राष्ट्रपतिसँग आणविक आक्रमणका लागि अथवा ठूलो स्तरको आणविक हमला गर्ने वा…
Read More
काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालोपालो बत्ती काट्ने भएको हो । प्राधिकरणका अनुसार शनिबार (आज) भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति…
Read More
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.