Alag Dhar

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् ।

यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ र मकवानपुरमा बाढीको मध्यम जोखिम छ ।

गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर पनि बाढीको जोखिममा रहेका महाशाखाले जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा अहिले बहाव उच्च रहेको छ । विशेषगरी त्रिशूली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिन नै जल सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । त्यसैगरी नारायणी नदीको देवघाट, बूढीगण्डकीको आरुघाट र मस्र्याङ्दी नदीको विमलनेर क्षेत्रमा आज जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

अरु प्रमुख नदीहरूमा पनि जल सतह बढ्ने पूर्वानुमान गरिएको छ । नदी तथा खोलानालाको आसपास र बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह छ ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र आकस्मिक बाढीको जोखिमसमेत बढ्न सक्ने भएकाले सडक यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.