Alag Dhar

Day: २०८३ भाद्र १४, आईतवार ०९:२५

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।  
Read More
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ । पछिल्लो पटक अमेरिकाले बाढी प्रभावित नेपाली नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराइनेछ । यसअघि अमेरिकाले बाढी प्रभावित क्षेत्रमा ५ लाख अमेरिकी डलर आपत्कालीन सहयोग तथा विपद् व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो । यस्तै भारतबाट नेपालले अहिलेसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले राहत सामग्रीसँगै बाढी प्रभावित क्षेत्रमा…
Read More
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ र मकवानपुरमा बाढीको मध्यम जोखिम छ । गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर पनि बाढीको जोखिममा रहेका महाशाखाले जनाएको छ । भोटेकोशी र त्रिशूली नदीमा अहिले बहाव उच्च रहेको छ । विशेषगरी त्रिशूली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिन नै जल सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । त्यसैगरी…
Read More
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा परेका छन् । धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा त्रिशूली नदीमा आएको बाढीले ४ वटा घर बगाएको हो । बिहान त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । बहाव बढेपछि नदीले कटान गर्दा त्यहाँका थप ४र५ वटा घर जोखिममा परेका छन् । त्यस्तै गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने झोलुङ्गे पुल पनि त्रिशूली नदीले बगाएको छ । त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको हो । बाढी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय…
Read More
भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

हेटौंडा । भोटेकोशीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिएका छन्। पहिचान भएका मृतकमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का उद्धव खड्का र हेटौंडा–१५ का सुमन गोले रहेका छन्। हेटौंडाका दुई जनाको शव पहिचान भएसँगै परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। त्यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारी, धादिङको खनियाबासका संयोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकाल, गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल…
Read More
यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितलाई ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ । यूएई सहायता एजेन्सीमार्फत नेपालका निम्ति ८३ टन खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अरू अत्यावश्यक मानवीय सहायता बोकेको विमान पठाइएको हो । यो सहायता सामग्री हालै नेपालका विभिन्न भूभागमा आएको बाढीपहिरोका कारण ज्यान गुमाएकाका परिवार, घाइते भएका, बेपत्ताको खोजबिन तथा घरबारविहीन बनेका सयौँ पीडितका निम्ति पठाइएको यूएईले जनाएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनानुसार बाढीपहिरोपीडितको उद्धार, प्रारम्भिक पुनर्स्थापना र राहतका निम्ति विनियोजन गरिएको एक करोड अमेरिकी डलर ९एक अर्ब ५२ करोड रुपैयाँबराबर० सहयोग रकमअन्तर्गत यो आपत्कालीन राहत पठाइएको हो ।…
Read More
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना कामयै छ । देशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा…
Read More
सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको  छ । आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । अस्ति शुक्रबार सुन २ हजार ४०० रुपैयाँले घट्दै नेपाल ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.