Alag Dhar

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ ।

पछिल्लो पटक अमेरिकाले बाढी प्रभावित नेपाली नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराइनेछ । यसअघि अमेरिकाले बाढी प्रभावित क्षेत्रमा ५ लाख अमेरिकी डलर आपत्कालीन सहयोग तथा विपद् व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो ।

यस्तै भारतबाट नेपालले अहिलेसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले राहत सामग्रीसँगै बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोगसमेत उपलब्ध गराएको छ । पछिल्लो चरणमा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ, जसले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि स्थलगत अध्ययन गरिरहेको छ ।

चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ । नेपालको चिनियाँ पक्षले राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउनुका साथै उद्धार तथा प्राविधिक सहयोगमा समेत सहकार्य गरिरहेको छ । नेपाल सरकारले चीन, जापान, अस्ट्रेलियालगायतका मित्रराष्ट्र तथा साझेदारबाट अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको जनाएको छ ।

यसैबीच, श्रीलंकाले नेपालका बाढीपहिरो प्रभावितका लागि १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले तत्काल राहत तथा मानवीय कार्यमा सहयोग पुर्‍याउन उक्त रकम उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले पनि नेपालका बाढी प्रभावितका लागि २५ लाख अमेरिकी डलर आपत्कालीन सहायता परिचालन गरेको छ । स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघमार्फत १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ भने अस्ट्रेलिया र बेलायतले पनि राहत तथा मानवीय सहयोगका लागि प्रतिबद्धता जनाएका छन् ।

अस्ट्रेलियाले नेपालका बाढी प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । यसअघि बेलायतले ५० लाख पाउन्ड सहयोग तथा आपत्कालीन उद्धार जनशक्ति परिचालन गर्ने घोषणा गरेको थियो ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.