Alag Dhar

हुलाकी सडक निर्माणसँगै फेरिँदै जनजीवन, बढ्यो स्वरोगार

मकवानपुर । पूर्व–पश्चिम हुलाकी राजमार्गमा पक्की सडक निर्माणले स्वरोजगार बढेको छ । तराई–मधेशको जीवन रेखा मानिने हुलाकी सडकको सिरहा जिल्लाको सिरहा बजारदेखि पूर्व सप्तरीको राजविराजसम्म पूर्ण रुपमा कालोपत्रे भएको छ । उक्त सडक खण्डको करिब ६० किलो मिटरसम्म कालोपत्र भएपछि दर्जनौ प्रकारका स्वरोजगारमुखीमा स्थानीयहरुले लागेका छन् ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामध्ये हुलाकी राजमार्गको स्तरोन्नती अन्तर्गत पक्की सडक (कालोपत्रे) बनेको कारण स्वरोजगार, व्यापार व्यासायीले वरिपरिवासीको जनजीवन फेरिन थालेको हो । सप्तरीका श्यामसुन्दर यादवका अनुसार प्रत्येक एक÷दुई किलो मिटरको दुरीमा चौक बनेको छ।

चोकमा चिया, नास्ता, मोबाइल, कपडा, पान, खाना पकाउने ग्यास, आइएमई, स्टेशनरी, श्रृगार लगायतको पसल खुलेका छन । केही चौकमा राम्रो होटलहरु पनि सञ्चालनमा आएको भेटिन्छ । हाट बजार लाग्न थालेकोले कृषि उत्पादनको बिक्रीवितरण सहज भएको छ । माछा मासु, हरियो तरकारी, मदिराको बिक्री बढेको छ । ती स्थानहरुमा नीजि विद्यालय, औषधि पसल, किराना पसल पनि सञ्चालनमा रहेको भेटिन्छ ।

यस्तै, विभिन्न सवारीसाधन पनि सञ्चालनमा ल्याएर रोजगार गरिरहेको इ–रिक्सा चालक गुणानन्द यादवले बताउनुभयो । उहाँले मानिसलाई आवतजावत गर्नुको साथै इ–रिक्सा, टेम्पो कुदाउन निकै सहज भएको बताउनुभयो । पर्याप्त संख्यामा युवाहरु इ—रिक्सा, टेम्पो सञ्चालन गरेर स्वरोजगारमा लाग्नुको साथै अन्य सवारीसाधनहरुलाई पनि सञ्चालनले मानिसलाई आवतजावतमा सुविधा भएको इन्जिनियर अजयकुमार यादवले बताउनुभयो ।

हुलाकी राजमार्गको ग्रामीण बजारको बिस्तारले बसोबास पनि बढेको छ । सडक छेउमा घर बनाएर व्यापार व्यवसाय गर्ने, ठूलो सहरसम्म सहज पहुँच हुने, बालबच्चालाई राम्रो शिक्षा दिलाउन सकिने उद्देश्यले ग्रामीण बजार र बस्ती बिस्तार हुन थालेको खडक नगरपालिका ११ बनौलीका अहेव हरेकृष्णप्रसाद साहको कथन छ ।

आफूले हुलाकी सडक निर्माणको ठेक्का लागेको थाहा पाएकै बेला सडक छेउमा घर निर्माण गरी विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । सो स्थानमा उहाँले व्यवसाय सञ्चालन गरेदेखि एकपछि अर्को गरी पसलहरु थप्दै जाँदा अहिले एक दर्जन बढी पसलहरु सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । उक्त स्थानमा साप्ताहिक बजार पनि लाग्ने गरेको छ ।

यस सडक खण्डमा सिरहाको सिरहा, औरही, नवराजपुर, भगवानपुर, सप्तरीको राजविराज, डाक्नेश्वरी, शम्भुनाथ, बोदेबरसाइन, बलानबिहुल, राजगढ, बिष्णुपुरलगातका पालिकाको सीमासँग हुलाकी राजमार्ग जोडिएको छ । सडकको स्तरोन्नतीले नै सन्हैठा, गणेशपुर, कृष्णानगर, बरियारपट्टि, औरही, कजरा, नर्गी, भगवतिपुर, सोनवर्षा, गम्हरिया, भगवानपुर, चन्ही, सेहरा, बर्साइन, जाजर, धाँती, बनौली, अर्नाहा, सतबेदहा, पथरगाडा, मलेकपुर, नहर, खुरहुरिया, जमुनी, खैरसाल, लगायत दुई दर्जन बढी ग्रामीण स्थानको चोकमा बजारले बाक्लो रुपम लिन थालेको सिरहाको सैन्हठाका नबिनकुमार यादवले बताउनुभयो ।

सहरी बजारमा निर्भर रहेका ती स्थानका स्थानीयवासीहरुको सबै थोक आफ्नै बजारमामै पाउन थालेको श्यामकुमार यादवले बताउनुभयो । ग्रामीण बजारलाई स्थानीयवासीले चोक भन्ने गरिन्छ । उहाँले भन्नुभयो, “सस्तो या महँगो अति आवश्यक सबै कुरा चोकमै पाउँछौ । हतपत ठूलो बजार धाउँनु पर्दैन । स्थानीय कृषिजन्य उत्पादन ठूलो बजारको भन्दा यहाँ सस्तो र ताजा पाइन्छ ।”

ग्रामीण भेगमा रहेको बेरोजगार युवाहरुले गाउँकै चोकमा व्यवसायलाई जीवनशैलीमा उतारेर राम्रो आम्दानी गरिरहेका छन । यसले बैदेशिक रोजगार, चोरी, डकैति तथा अपराधिक गतिविधिलाई निरुत्साहित गर्न मद्दत गरेको छ ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.