Alag Dhar

नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

पदभार ग्रहण गर्नुभएपछि स्वागत कार्यक्रममा नवनियुक्त मन्त्री खरेलले कर्मचारीलाई काम गर्ने क्रममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो । “देशको कर्मचारीतन्त्रलाई विश्वास गर्न चाहन्छु, यो ६ महिनामा म काममा कुनै हस्तक्षेप गर्दैन, देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला” उहाँले थप्नुभयो, “६ महिनापछि सुखद विदाई हुन पाउँ, नेपालको कर्मचारीतन्त्र खतम छ भन्ने सन्देश होइन, सक्षम छ भन्ने सन्देश लिएर जान पाउँ ।”

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिवद्धतासहित देशको जिम्मेवारी लिनुभएको र त्यसमा आफूहरुले सहयोग गर्ने उहाँले बताउनुभयो । नेपाललाई डिजिटल फ्रेमवर्क बनाउने यसअघिको सरकारको योजनालाई आफूले पनि अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । युवा पुस्ताका लागि केही भए पनि राम्रो गर्न पाउँ भन्ने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँले थप्नुभयो, “देशको महत्वपूर्ण ठाउँमा इन्टरनेटको निःशुल्क सेवा प्रदान गर्नेछौं । इन्टरनेट पहुँच सबैसामु पुगाउन यो काम गर्नुपर्छ ।” आजको यो दुई महिना भित्र निःशुल्क इन्टरनेट सेवा व्यवस्था भइसक्ने उहाँले बताउनुभयो ।

जीवनको यो २५ वर्षमा अरुलाई प्रश्न सोधेर विताएको चर्चा गर्नुहुँदै सञ्चारमन्त्री खरेलले आफू अहिले जिम्मेवारीमा आएर जवाफ दिने ठाउँमा पुगेको बताउनुभयो । आफू पत्रकारिताको पृष्ठभूमिबाट आएकाले देश बनाउन सबै पक्षको हातेमालोको आवश्यकता हुने बताउनुभयो । नेपाली पत्रकारिताले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दैआएको र अवको दिनमा पनि रचनात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरसहित मन्त्रालयका कर्मचारीले मन्त्री खरेललाई स्वागत गर्नुभएको थियो ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.