Alag Dhar

प्रमद्वारा पाँच जना मन्त्री सिफारिस

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस हुनुभएको छ । उहाँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ ।

त्यसै गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा महावीर पुन सिफारिस हुनुभएको छ । उहाँ राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक एवं वैज्ञानिक अनुसन्धाता हुनुहुन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार सिफारिस हुनुभएको छ । उहाँ समता फाउन्डेसनका अध्यक्ष तथा संविधान सभाको राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका अध्यक्षको जिम्मेवारीमा रहिसक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा। सङ्गीता कौशल मिश्रा सिफारिस हुनुभएको छ । उहाँ स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल सिफारिस हुनुभएको छ । अढाइ दशकभन्दा लामो समय पत्रकारिता गर्नुभएका उहाँ इमेज टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्थ्यो ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.