Alag Dhar

आज विश्व पर्यटन दिवस मनाइँदै

मकवानपुर । आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ । सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ ।

तर नेपाल आउने विदेशी पर्यटकको संख्या मुख्य सिजनमा नै घटेको छ । अध्यागमन विभागका अनुसार सेप्टेम्बर एक देखि १८ तारिखसम्मको अवधिमा गएको वर्षको तुलनामा झन्डै आठ हजारले घटेको छ । अघिल्लो वर्ष यो अवधिमा झण्डै ३५ हजार पर्यटक नेपाल घुम्न आएका थिए ।

यसपाली २७ हजार हाराहारी रहेको छ । पछिल्लो जेन–जी आन्दोलनको असर पर्यटन क्षेत्रमा पनि परेको छ । होटल प्रतिष्ठानलगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र प्रभावित भएको हो ।

विगतको भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किन क्रममा थियो । तर पछिल्लो विषम अवस्थाले पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ । अब फेरि पर्यटन क्षेत्रलाई उठाउने सरोकारवालाले जनाएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरूत्थानका लागि पहल थालिएको बताउनुभयो ।

होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवाला एकताबद्ध भएर पर्यटन पुनःरूत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । यसका लागि सकारात्मक सन्देश प्रबाह गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरूत्थान हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.