Alag Dhar

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

काठमाडौं । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहाती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई प्रकाउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।

‘अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विध्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’ यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् । योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् ।

मुख्य समाचार

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।...
२ सय रुपैयाँले घट्यो भाउ

२ सय रुपैयाँले घट्यो भाउ

काठमाण्डौं । हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैया...
संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

काठमाण्डौं । विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा नियमावली मस्...
दमककी युवती रमा तिवारी मृत फेला

दमककी युवती रमा तिवारी मृत फेला

विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.