Alag Dhar

कोशी र बागमती प्रदेशका केही सडकखण्ड अझै अवरुद्ध

मकवानपुर । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोकपथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रुपमा अवरुद्ध छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला र मकालु, मेची राजमार्ग अन्तर्गत इलाम र मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङमा सडक अवरुद्ध छ । पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाईंकुण्डमा बन्द भएको सडक पनि खुलेको छैन । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशीमा पनि सडक अवरुद्ध छ ।

काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि हिजोदेखि डाइभर्सन बनाउन शुरू गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न ठाउँमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको छ । अहिले वैकल्पिक मार्गका रुपमा गाडी खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाण्डौ आवतजावत भइरहेका छन् ।

 

 

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.