Alag Dhar

मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मकवानपुर । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो ।

मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन ।

त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । मलेशियाका लागि विनिफ्रेड एनी दुराईसिंगमले ४०, माहिरा इज्जतीले १९ र ऐना हामिजाह हाशिमले १५ रन बनाइन् ।

नेपालकी राजमती ऐरीले र कविता कुँवरले समान तीन तथा रचनाकुमारी चौधरीले एक विकेट लिइन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा छ विकेटले विजयी भएको थियो ।

यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल छ विकेटले विजयी भएको थियो । नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

 

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.