Alag Dhar

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

मकवानपुर । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो ।

उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ ।

जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिनुभयो । कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो । तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।

प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो ।

मुख्य समाचार

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

मकवानपुर । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.