Alag Dhar

सञ्चारमन्त्री खरेल सम्मानित

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष प्राडा. वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओडाएर ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो ।

सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताको माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

अढाइ दशकदेखि पत्रकारिता र सञ्चार कर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित गर्न महत्त्वपूर्ण योगदान रहेको छ ।

समसामयिकदेखि गहन विषय, राजनीतिक, सामाजिक आर्थिकलगायत विषयका जल्दाबल्दा सवाललाई प्रश्न उठाएर आम जनताको आवाजलाई मुखरित गर्ने कार्यमा मन्त्री खरेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ।

यस्तै, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य सङ्गीत सम्मानबाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित हुनुभएको छ । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको साथमा उहाँकी धर्मपत्नी कल्याणी रिमालको नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले सञ्चार कर्म गरेबापत प्राप्त ठुलो सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो,“म यहाँ मन्त्रीको रूपमा आएको छैन । असोज ५ गतेसम्मको क्रियाशील सञ्चारकर्मी हुँ । अहिले भूमिका फरक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेको छु । गरिमामय संस्थाबाट सञ्चारकर्मीकै नाताले यति ठुलो सम्मान ग्रहण गर्ने निधो गरेँ ।”

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावना अनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने विश्वास व्यक्त गर्नुभयो ।

“अबको पाँच महिनाको अवधि भित्र खासगरी जेनजी आन्दोलनले दिएका ‘म्यान्डेड’हरू पूरा गर्नुपर्ने छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्राप्त म्यान्डेड सफलताका साथ पूरा गर्न हामी अहोरात्र खटिइरहेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले देशको समृद्धि, साहित्य, कला र संस्कृतिको जर्गेनाका लागि र नेपाली मौलिकतालाई जोगाउन साहित्य र कला क्षेत्रको मूर्धन्य व्यक्तित्वहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“२५ वर्षको पत्रकारिता र सञ्चारकर्मको जीवनबाट अहिले विशेष परिस्थितिमा नयाँ भूमिकामा आएको छु, पाँच महिनाको अवधिमा कति गर्न सकिएला थाहा छैन तर, एउटा बाँचा चाहिँ गर्दछु ‘जानेर बुझेर, नियतबस् खराब केही पनि गर्ने छैन’ जिम्मेवारीलाई इमानदारीपूर्वक काम गर्ने छु ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.