Alag Dhar

पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

मकवानपुर । गोरखाको पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि उत्पदानलाई सहजै रुपमा बजारसम्म पुर्‍याउन बिहीबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका किसानहरुलाई व्यवसायिक कृषि उत्पदानमा लाग्न हौसला दिन तथा कृषि उत्पदानमा अभिवृद्धि गरी पालिकालाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरप्रमुख चिन्तनको भनाइ छ ।

पालुङटार नगरपालिकामा १० वटा वडाहरुमा उत्पादन हुने कृषि उपजलाई हरेक बिहीबार सञ्चालन हुने हाट बजारमा ल्याउन कृषि एम्बुलेन्स सञ्चालन गरी किसानलाई सहजीकरण गरेको नगरपालिका कृषि शाखा प्रमुख सङ्कल्प न्यौपानेले बताउनुभयो ।

पालिकाको कृषि एम्बुलेन्स टोल टोलमा पुग्ने न्यौपानेको भनाइ छ । ‘कृषि एम्बुलेन्स टोलमा पुगेपछि कम्तीमा किसानहरुले टिप भरिने गरी कृषि उपजहरु हुनु पर्ने पालिकाले निति नै बनाएको कृषि शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषि उपज कृषि एम्बुलेन्सले निःशुल्क रुपमा हाट बजारसम्म ढुवानीको व्यवस्था समेत गरेको नगरपालिकाले जनाएको छ । हाज बजारभन्दा बाहेक बाहिर कतै किसानले बिक्री वितरण गर्न चाहेमा नगरपालिकाले न्यूनतम मूल्यमा पनि ढुवानीको व्यवस्था गरिएको बताइएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको भेनलाई कृषि एम्बुलेन्सको रुपमा प्रयो गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा हाट बजार र कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानहरु कृषि र पशुपालन तर्फ फर्म दत्र्ता गरी कृषि तथा पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाले जनाएको छ ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.