Alag Dhar

फूल खेतीलाई प्रोत्साहन गर्न प्लास्टिक माला प्रतिबन्ध

मकवानपुर । दाङमा स्थानीय फूल खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय तहहरूले प्लास्टिक मालामा प्रतिबन्ध लगाएका छन् । तिहार नजिकिएसँगै फूल खेती गर्ने किसानलाई राहत दिन चार स्थानीय तहले प्लास्टिक तथा रबरजन्य माला बिक्री वितरणमा रोक लगाएका हुन् ।

जिल्लाका लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र बबई गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी आयातित प्लास्टिक र रबरजन्य फूल तथा माला प्रयोग नगर्न नागरिकलाई अनुरोध गरेका छन् । स्थानीय तहहरुले फूल खेतीको प्रवर्धन र वातावरण संरक्षणका लागि प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेका छन् ।

जिल्लाका चार स्थानीय तहले गरेको प्लास्टिक र रबरजन्य फूल तथा माला प्रयोगमा गरेको प्रतिवन्धको निर्णयले व्यावसायिक फूल खेतीमा लागेका किसानलाई हौसल्ला प्रदान गर्ने काम गरेको घोराही उपमहानगरपालिका–३, झिङ्गनीमा फूल खेती गरेका पुष्प व्यवसायी दिपेश ढकाल बताउनुहुन्छ । सिद्धार्थ एग्री रिसर्च फर्मका सञ्चालक समेत रहनुभएका ढकालले स्थानीय सरकारले गरेको प्लास्टिक माला प्रतिबन्ध गर्ने निर्णयलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो,“जिल्लाका दसवटै स्थानीय तहले प्लास्टिक माला प्रतिबन्ध गरे सानो लगानीमा व्यवसाय गरिरहेकालाई फाइदा पुग्ने र वातावरण संरक्षणमा समेत सहयोग पुग्छ ।’’ जिल्लामा बढ्दै गएको फूल खेतीले आम्दानीसँगै थोरैलाई भएपनि रोजगारी दिएका बताउनुहुन्छ ।

ढकालको जस्तै भनाइ छ, घोराही उपमहानगरपालिका–१४ झिङ्गौरामा फूल खेती गर्दै आउनुभएका लोकेन्द्र रोका मगर । चाडपर्वको समयमा जिल्लामै उत्पादन भएको फूलले माग धान्ने भए पनि बाहिरबाट प्लास्टिक माला आउँदा स्थानीय व्यवसायीलाई समस्या पर्ने भएकाले प्लास्टिक माला प्रयोगमा रोग लगाउने निर्णय राम्रो भएको बताउनुभयो । उहाँले चार स्थानीय तहले मात्र नभएर सम्पूर्ण स्थानीय तहले स्थानीय व्यवसाय प्रवर्धनका लागि प्लास्टिक मालाको प्रयोगमा रोक लगाउनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा यस वर्ष व्यावसायिक रूपमा करिब १५ बिगाहभन्दा बढी क्षेत्रमा सयपत्री, मलमलीलगायतका फूल खेती गरिएको छ । व्यावसायिक फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय फूल खेतीमा लगानी बढ्दै गएको छ । जिल्लामा घोराही र तुलसीपुर उपमहानगरपालिकासँगै लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, बबई गाउँपालिकालगायतका क्षेत्रमा तिहारका लागि लक्षित गरेर व्यवसायिक रूपमा फूल खेती हुने गरेको छ ।

मुख्य समाचार

बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.