Alag Dhar

सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु

death

मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर १० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार सोही ठाउँ बस्ने ३५ वर्षीय प्रमोद यादवले चलाइराखेको स ९ प ९०३९ नम्बरको मोटरसाइकलमा पछाडि सवार भई सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएकोमा अवस्था गम्भीर बन्दै जाँदा उपचार खर्चको अभावमा परिवारजनले पुनः बिहीबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक प्रमोदको उपचार भइरहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.