Alag Dhar

ओमानमाथि ऐतिहासिक जित, नेपाल उपाधिको ढोका नजिक

मकवानपुर । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक उभिएको छ ।

विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत लिग चरणदेखि अपराजित रहेको नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधि सम्भावना बलियो बनेको छ ।

नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमानको ६ अङ्क छ । नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । ओमानपनि नेपालसँगै दुई खेल अगावै विश्वकपमा पुगिसकेको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी नेपालले बुधबार ओमानमाथि सहज जित निकालेको थियो । जितका लागि नेपालले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १३ रनमा समेटिएको थियो ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै मोहम्मद नदीमले २५, कप्तान जतिन्दर सिंहले १४ र आर्यन विष्टले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुल्शन झाले तीन विकेट लिनुभयो । यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा सन्दीप लामिछानेले एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ६९ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले ५१ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कुशल भुर्तेलको यो जारी छनोट खेलमा दोस्रो अर्धसतक हो ।

यसअघि उहाँले समूह चरणको खेलमा कुवेतविरुद्ध ६६ रन बनाउनुभएको थियो । ओमानविरुद्ध अलराउन्ड प्रदर्शन गर्नुभएका कुशल प्लेयर अफ द म्याच बन्नुभयो ।

यस्तै आशिफ शेखले २४, गुल्सन झाले १८ र मोहम्मद आदिल आलमले १६ रन बनाउनुभयो । बलिङमा नेपालका नदीम खानले चार विकेट लिनुभयो । सुफ्यान मेहमुद र जितेन रमानन्दीले दुई दुई विकेट लिनुभयो ।

विश्वकप खेल्ने सपना पूरा : कप्तान रोहित

ओमानलाई हराएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा भएको बताउनुभयो ।

‘‘हामीले यसपटक राम्रो प्रदर्शन गरेका छौँ । सबै खेलाडीले मिहेनत गर्‍यौँ । प्रशिक्षक देखि अफिसियलसम्म सबैको भूमिका महत्वपूर्ण छ । आफ्नो कप्तानीमा दुई पटक नेपाललाई विश्वकपमा पुर्‍याउन पाउँदाको क्षणलाई शब्दमा बयान गर्न सक्दिन ।

यो खुसी सारा नेपालीसँग बाँड्न चाहन्छु,’’ रोहितले भन्नुभयो । उहाँले अब सबै खेलाडीको ध्यान अपराजित रहँदै छनोटको ट्रफी चुम्नु रहेको बताउनुभयो । रोहितको कप्तानीमा लागातार दोस्रो पटक विश्वकपमा छनोट भएको नेपाल समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको हो ।

यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । लगातार दोस्रो पटक विश्वकपमा पुगेको एसोसिएट देश नेपालले आफुभन्दा निकै ठूला हस्ती देशसँग खेल्न मौका पाउने छ ।

यस्ता छन् विश्वकपमा पुग्ने टोली

नेपाल र ओमान बुधबार विश्वकपमा छनोट भएसँगै सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा १९ देशको सहभागिता सुनिश्चित भएको छ ।

२० टोलीमध्ये अब एक टोलीको टुङ्गो लाग्न बाँकी छ । जसमा संयुक्त अरब इमिरेट्स ९युएई० र जापानमध्ये एउटा टोली छनोट हुनेछन् । विश्वकपमा यसअघि भारत र श्रीलङ्का आयोजक देशको रुपमा सोझै छनोट भएका छन् ।

यस्तै अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणमा सुपर आठमा स्थान बनाएकाले सोझै छनोट भएका हुन् ।

न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आaधारमा छनोट हुँदा क्यानाडाले अमेरिकी महादेश, नेदरल्यान्ड्स र इटालीले युरोप तथा जिम्बावे र नामिबियाले अफ्रिकी छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.