Alag Dhar

पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा मृत्युदण्डको माग

कवानपुर । बङ्गलादेशका अभियोजन वकिलले बिहीबार मुलुकबाट पलायन हुनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेश गरेका छन् ।

अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिनुभयो, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठूलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ ।

मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “हामी उहाँलाई उच्चतम सजायको माग गर्दै छौँ । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका लागि कम्तिमा एउटा मृत्युदण्डको माग उचित छ ।” अभियोजनका अनुसार ७८ वर्षीया हसिना यस घटनाको केन्द्रविन्दुमा हुनुहुन्थ्यो र जुलाई-अगस्ट विद्रोहको समयमा भएका सबै अपराध उहाँको वरिपरि केन्द्रित थिए ।

मुद्दा दुई पूर्व वरिष्ठ अधिकारीको अनुपस्थितिमा अघि बढाइएको छ । पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल फरार हुनुहुन्छ भने पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल(मामुन हिरासतमा हुनुहुन्छ र दोषी ठहर हुनुभएको छ । अभियोजनले कमाललाई पनि मृत्युदण्डको सजाय भोग्नुपर्ने माग गरेको छ । जुन १ मा सुरु भएको मुद्दामा महिनौँको गवाही सुन्ने क्रममा हसिनाको भूमिकालाई आरोपको केन्द्रमा राखिएको छ ।

अभियोजनले भनेका छन्, “उहाँको लक्ष्य आफ्नै र आफ्नो परिवारका लागि स्थायीरूपमा सत्तामा टाँसिने थियो ।” यसैबिच, हसिनाले गत वर्ष भारतबाट फर्कने अदालतको आदेशलाई अवहेलना गर्दै देशबाट भागेको तथ्य पुष्टि भएको छ ।

मुख्य समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

मकवानपुर । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने ...
रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.