Alag Dhar

मानव बेचबिखन बिरुद्धका अभियानलाई अगाडि बढाउनु पर्नेमा एटविनको जोड

मकवानपुर । महिला तथा बेचबिखन बिखनविरुद्ध सहकर्मी समूह-नेपाल (एटविन)ले मानव बेचबिखन बिरुद्धका अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।

एटविनको २२ औं वार्षिक साधारणसभा र ११ औं अधिवेशन तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा सहभागी वक्ताले एटविनको सो लक्ष्यलाई निरन्तर अगाडि बढाउन आग्रह गरिएको हो ।

सो अवसरमा एटविनका सचिव हीरा दाहालले संस्थाका विविध कार्यक्रम, गतिविधी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संस्थाले मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेश फिर्ताका कार्यक्रम, प्रभावितको न्यायिक पुहँचका लागि गरिएका पहल, प्रभावितलाई समाजमा पुनः स्थापनका लागि गरिएको विविध गतिविधीबारे प्रष्ट पार्नु भएको थियो ।

उहाँले प्रभावितसँग काम गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतका सरोकारवाला सङ्घ संस्थासँग समन्वय गरी राज्यलाई नीतिगत सवालमा सघाउँदै संस्थाले लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो । त्यसै गरी संस्थाका कोषाध्यक्ष सोनी पियाले संस्थाको आर्थिक गतिविधीबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष तारा भण्डारीले संस्थामा आवद्ध ४५ वटा सङ्घ संस्था र सरकारी तथा गैरसरकारी सरोकारवाला व्यक्ति, समूह सबैसँगको सहकार्यले एटविनले आफ्नो निर्धारीत काम अगाडि बढाउँदै आएको र त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष भगवती नेपालले एटविन मानव बेचबिखन बिरुद्धको अभियान हो, अभियान, परियोजना हुँदा वा नहुँदा पनि निरन्तर चल्ने अनुभव साट्दै आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी विजय पौडेलले वि.स.२०७९ मा प्रकाशित मानव बेचबिखनका समाचारको अध्ययन गर्दै हरेक वर्ष पाँच वर्षको समीक्षासहित मानव बेचबिखनका घटनाका तथ्याङ्कको अभिलेख राखेर एटविनले यस्ता घटनाबारे अध्ययन गर्न चाहनेका लागि मञ्च दिंदै आएको बताउनुभयो ।

उहाँले हाल एनजिओ, आइएन जिओको कामप्रति प्रश्न उठिरहेकोले यस्ता संस्थाले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको कर र विभिन्न क्षेत्रको समृद्धिका लागि पुर्याएको योगदानबारे तथ्यसहित प्रस्तुत हुने दिन आएको बताउनुभयो । बालबालिका शान्ति क्षेत्रका राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले एटविनले बालबालिका र महिलाका क्षेत्रमा गरेका सकारात्मक कामले पुर्‍याएको योगदान प्रसंनीय रहेको बताउनुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन बिरुद्धको महाशाखामा रहँदा यस अभियानलाई सफल पार्न सहयोग पुर्‍याउनुभएका अवकास प्राप्त पूर्व कर्मचारी मीना पौडेल, एटविनका सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.