Alag Dhar

हुम्ला जिल्ला मौसमी रुगाखोकीको चपेटामा

मकवानपुर । दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।

बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् ।

ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । सो वस्तीमा धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीहरुको टोली औषधीसहित मङ्गलबार सिरुपाटा पुगेका हुन् ।

बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, जीउ र टाउको दुःख्ने, श्वासप्रश्वासमा समस्या आउने गरेको थियो । बिरामीहरुको उपचारपछि औषधी वितरण गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । दुई दिनमा ३० जना महिला र ३५ जना पुरुष गरी ६५ जना मौसमी फ्लुका बिरामीको उपचार गरिएको हो ।

त्यसैगरी, वडा नम्बर ५ को साँत्ती र ३ को रामा नैकलामा पनि फैलिएको र त्यहाँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको पनि जानकारी उहाँले दिनुभयो । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुमा मौसमी फ्लु देखिएको छ । दसौँन चिल्लो, पिरो, धुँवा धुलो पनि बढी भएका र चिसो मौसम पनि सुरु भएको कारण बिरामी बढी रहेको उहाँले बताउनुभयो । शाखाले मौसमी फ्लुका बिरामीहरु कुनै पनि वस्तीमा देखिएमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र शाखालाई जानकारी गराउन पनि सबैलाई आग्रह गरेको छ ।

मौसम परिवर्तन भएका कारण बिरामी बढ्ने हुँदा यसबाट जोगिन पनि शाखाले आग्रह गरेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने मौसमी फ्लुका बिरामीहरु धेरै रहेको अस्पतलाकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.