Alag Dhar

३ जना फरार कैदीबन्दी पक्राउ

मकवानपुर । फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ । उनलाई विहीबार बिहान ११:२० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, चोरी मुद्दाका अभियुक्त ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी २०८२ असोज २४ गते नख्खु कारागार, ललितपुरबाट फरार भएका थिए । उनलाई विहीबार राति ९ बजे प्रहरी प्रभाग इमाडोलको क्विक रेस्पोन्स टिम (क्वीआरटी) र सिभिल प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै, सवारी ज्यान मुद्दामा कारागारमा सजाय काटिरहेका विशाल महर्जन फरार भएकोमा उनलाई पनि नियन्त्रणमा लिइएको छ । कारागारबाट फरार भएका महर्जनलाई विहीबार दिउँसो १२:३५ बजे काठमाडौं महानगरपालिका–२६, रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

लैनचौर वृत्तमा राखिएका ३१ वर्षीय महर्जनलाई आवश्यक प्रक्रिया पूरा गरी केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.