Alag Dhar

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३० को अवसरमा मकवानपुरको हेटौँडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रश्नहरू उठ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले जुनसुकै सरकारले विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा यसको पूर्ण प्रत्याभूति हुन नसकेको उल्लेख गरे। साथै, सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई नागरिकले एउटै दृष्टिकोणबाट हेर्न थालेकाले पत्रकारिताको विश्वसनीयता र जिम्मेवारीमा थप चुनौती देखिएको उनको भनाइ थियो। सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक सामग्रीले पेशागत पत्रकारिताको मूल्यांकनमा समेत असर पुर्‍याएको उनले बताए।

कार्यक्रममा महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले सरकारले पत्रकारप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने होइन, सहकार्य र संरक्षण गर्ने दृष्टिकोण अपनाउनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार, स्वतन्त्रता र पेशागत सुरक्षाका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि अझ एकजुट हुनुपर्ने धारणा राखे।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्पराज अधिकारीले राज्यले विभिन्न बहानामा प्रेसमाथि नियन्त्रण गर्न खोज्नु भनेको नागरिकको अधिकारमाथी प्रहार गर्नु र लोकतन्त्र माथी नियन्त्रण गर्नु रहेको बताए । प्रेस स्वतन्त्रता कायम राख्न पत्रकारहरू स्वयं पनि आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्ने बताए। उनले निष्पक्ष, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामार्फत मात्र समाजमा विश्वास कायम गर्न सकिने धारणा व्यक्त गरे।

यसैगरी स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले पत्रकारहरूले सन्तुलित र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए। “मिडियाकर्मीहरूले सन्तुलित रूपमा सोच्नुपर्छ, त्यसो भएमा हामीमाथि अनावश्यक प्रश्न उठ्दैनन्,” उनले भने।

अन्तरक्रियामा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवा, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल तथा बागमती प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको महत्व र पत्रकारितामाथि बढ्दो चुनौतीका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

मुख्य समाचार

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रका...
हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा...
हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.