Alag Dhar

Day: २०८३ बैशाख २१, सोमबार ०७:०८

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए ।
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन तोलामा ३ सय रुपैयाँले  घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।   हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।
Read More
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको बताए । उनकाअनुसार घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । यस्तै, ११…
Read More
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’ विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब,…
Read More
प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३० को अवसरमा मकवानपुरको हेटौँडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रश्नहरू उठ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले जुनसुकै सरकारले विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा यसको पूर्ण प्रत्याभूति हुन नसकेको उल्लेख गरे। साथै, सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई नागरिकले एउटै दृष्टिकोणबाट हेर्न थालेकाले…
Read More
आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.