Alag Dhar

एकडारा र सम्सीका बाढी पिडितलाई राहत वितरण

मकवानपुर । महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ । दुवै पालिकाका ३०८ बाढी पिडित परिवारलाई राहत वितरण गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा एकिकृत ग्रामिण विकास समाज बर्दिबास तथा दलित उत्थान समाज महोत्तरीको समन्वयमा एकडारा र सम्सी गाउँपालिकाका बाढी पिडितहरुलाई राहत वितरण गरिएको हो । एकडारा गाउँपालिकामा २५५ घरधुरी तथा सम्सी गाउँपालिकामा ५३ घरधुरीलाई राहत वितरण गरिएको ग्रामिण विकास समाज बर्दिबासका फिल्ड अफिसर राजीव कुमार झाले जानकारी दिनुभयो ।

वडाले सिफारिस गरेका बाढी पिडितहरुलाई संस्थाका कर्मचारीहरुले जाँच पडताल गरेर वास्तविक बाढी पिडितहरुलाई मात्रै राहत वितरण गरिएको जनाइएको छ । बाढी पिडितहरुलाई सोना मनसुली चामल २५ किलो, दाल दुई किलो, खानेतेल दुई लिटर, खानेनुन एक प्याकेट, त्रिपाल दुई थान, म्याट्रेस दुई थान, कम्बल दुई थान, डोरी दुई थान, सोलार लाइटलगायतका सामग्रीहरु वितरण गरिएको छ ।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलको विशेष उपस्थिती रहेको राहत वितरण कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालबाट दिलिप कुमार यादव, योभेन्द्र चौधरी, विनोद थापा मगर, तारा दाहाल, एकिकृत ग्रामिण विकास समाज वर्दिबासबाट उमेश न्यौपाने, कुमार भण्डारी, ऋषी चौलागाई, दिपेश श्रेष्ठ, राजीवकुमार झा, दलित उत्थान समाज महोत्तरीबाट उत्तिमचन्द्र चौधरी, देवी निरौला, सौरभ सुमनलगायतका उपस्थिती रहेको थियो ।

राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुदै एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले बाढी र डुवानले पीडामा रहेका गाउँपालिकाका वासिन्दालाई राहत वितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले बाढी र डुवान पिडितहरुलाई पालिकाबाट हरसम्भव सहयोग गरिने वाचा समेत गर्नुभयो ।

एकडारा गाउँपालिका वडा ३ अजमरपट्टीका बाढीपिडित शिवजी मण्डलले तिहारको मुखमा आएर राहत दिएकोमा खुशी व्यक्त गर्नुहुदै बाढी आएको दशदिन भइसक्दा समेत कसैले राहत दिन नआएको बताउनुभयो ।

असोज १८ गतेदेखि २० गतेसम्म तिन दिनसम्म लगातार परेको पानीको कारण महोत्तरी जिल्लाको विभिन्न ठाउँहरुमा बाढी र डुवानको समस्या देखिएको थियो । सदरमुकाम जलेश्वरमा बाढी आएको साता दिनसम्म पानी जमेको कारण जलेश्वर नगरपालिकाले विदा समेत दिनुपरेको थियो ।

जिल्लामा रातो, भव्सी, जंगहा, माढा, अंकुसी, बिगही लगायतका नदिहरु भरिभराउ भई जिल्लामा बाढी र डुवानको समस्या देखिएको थियो । यता केही दिन अगाडी सेभ द चिल्ड्रेनले रातो नदिको कारण बाढी पिडित बनेका जलेश्वर नगरपालिकाका १ र ८ नं वडाका ११२ परिवारलाई राहत वितरण गरेको थियो ।

जिल्लामा बाढी र डुबानबाट महोत्तरीका जलेश्वर नगरपालिकासहित बर्दिबास, औरही, भंगाहा सीतापुर, बलवा, महोत्तरी, रामगोपालपुर, मटिहानी र समसीका २२८ परिवारका ८२६ जना विस्थापित थिए भने बाढीमा डुबेर जलेश्वर ६ का एक ११ वर्षीय बालकको मृत्यु भएको थियो ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.