Alag Dhar

नेपाल सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै

मकवानपुर । आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपालले सुपर सिक्सको दुई खेल अगावै छनोट यात्रा तय गरेको थियो ।

आज सामोआलाई हराएमा नेपालले शीर्षस्थानमा रहँदै छनोट खेलको ट्रफी जित्नेछ । नेपाल यस प्रतियोगितामा समूह चरणदेखि नै अपराजित रहेको छ ।

नेपाल सोही लयलाई कायम राख्दै छनोटको पहिलो उपाधि जित्ने अभियानमा छ । यता सामोआ सुपर सिक्समा सान्त्वना जित निकाल्दै छनोट यात्रा सुखद् अन्त्य गर्न चाहन्छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.